समाचार

हुम्लाको एक विद्यालयका चार ल्यापटप चोरी



हुम्ला, १४ असार । हुम्लाको एक बिद्यालयमा चार ल्यापटप चोरी भएको छ ।

शुक्रबार राती खार्पुनाथ गाउँपालिका ५ मा रहेको मान्धारा माध्यामिक बिद्यालयमा ढोकामा लगाएको ताला फोडेर कार्यालायभित्र रहेका ४ ल्याप्टप चोरी भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताएका छन ।

उक्त विद्यालय गाउँबाट टाढा रहेको र बिद्यालयमा कोही नबस्ने भएकाले चोरी भएकोे प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।

विद्यालयको वाातावरण बारे जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने विद्यालय प्रशासनले अनुमान गरेको छ ।