समाचार

मालपोत कार्यालयमा आगलागी



कपिलवस्तु, १५ असार । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ ।

आइतबार बिहान सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगोलागी हुदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

उक्त आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।