समाचार

छोरीको योजनामा आमाको हत्या



काठमाडौँ, १६ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार भएको ६१ वर्षीय सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजना भएको खुल्न आएको छ ।

आज महानगरीय अपराध महाशाखाले त्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताएको हो ।

हरीले उक्त हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो

प्रहरीका अनुसार मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताएका छन ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले भने, ‘आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।’

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।