काठमाडौँ, १६ असार । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २० औं बर्ष प्रवेश गरेको अवसरमा १९ औं बार्षिक उत्सव सम्पन्न गरेको छ ।
सोमबार बोर्डले उक्त अवसरमा १९ फिल्मकर्मी सम्मानित र आउँदो तीन बर्षको कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।
सम्मानित हुनेमा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, फिल्म निर्देशक डा। टोशिआकी इतोह (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, र विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेललाई सम्मानित गरिएको थियो । यस्तै, कामना पब्लिकेसनलाई पनि कार्यक्रममा सम्मानित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्