काठमाडौँ, १७ असार । प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका कमाल सिंह प्रधानलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्रधानलाई सेना मातहतको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको हो ।










प्रतिक्रिया दिनुहोस्