भक्तपुर, १८ असार । विकास र समृद्धिमा तिव्र गतिका साथ अघि बढेको एक उदाहरणीय जिल्ला भक्तपुरमा आज क्षेत्र विकास कोष (सांसद विकास कोष) तथा संघिय सरकारबाट विनियोजित बजेटबाट निर्माणाधिन आयोजनाको स्थलगत निरिक्षण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलको नेतृत्वको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका वडा नं. ९ र ७ भित्र रहेको सम्पूर्ण आयोजनाको स्थलगत निरिक्षण गरेको छ । स्थलगत निरिक्षणका क्रममा सांसद बस्नेतले गल्ती तथा कमजोरीलाई सुधार गर्दै दिगो र प्रभावकारी ढंगले आयोजना सम्पन्न गर्न सम्बन्धीत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले विशेष रुपमा आयोजनको निरिक्षण तथा अनुगमन गर्दै उक्त आयोजनाको निर्माण प्रभावकारी भएको छ या छैन भन्ने जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

मंगलवार भक्तपुरको क्षेत्र नं. २ मध्यपुर थिमी नगरपालिकामा गरिएको स्थलगत निरिक्षण गरिएका आयोजनाहरु यस प्रकार रहेका छन्,
१. मध्यपुर थिमी नगरपालिका, वडा नं ९, वोडे सिल्कपाउँ बाट वृध्दाश्रम जाने बाटो ११ मिटर विस्तार र स्तरोन्नतिको काम,
२. वडा नं ९, वोडे निलबाराहीको साना वनको प्रतिजग्गा संरक्षणको काम,
३. वडा नं ९, वोडे निलबाराहीमा निर्माणाधिन पिकनिक स्पोटको काम,

४. वडा नं ९, टिकिनी, सिन्चिटार, निलबाराही जाने सडक ८ मिटर विस्तार र स्तरोन्नतीको काम,
५. वडा नं ९, लोगो गार्मेन्टबाट कृषि तालिम केन्द्रजाने ११ मिटर सडक विस्तार, ढल र कालोपत्र गर्ने काम,
६. वडा नं ७, नगदेशमा निर्माणाधीन एतिहासिक प्रवेशद्वारको काम,
८. वडा नं ९, मुलपानी वोडे सडकमा भएको कालोपत्र गर्ने काम,

त्यस्तै मध्यपुरमा नै केही दिन अघि गरिएका स्थलगत निरिक्षण गरिएका आयोजनाहरु यस प्रकार रहेका छन्,
१. वडा नं. १, को ढुङ्गेधारा शिवनगर मार्गमा भएको कालोपत्र,
२. वडा नं. १ को राम मन्दिर बाट बुढाथोकी गाउँ जानेबाटो ६मिटर विस्तार र स्तरोन्नतिको काम,
३. वडा नं. १ मा मनोरम बस्तिको खुल्ला क्षेत्रमा निर्माण भैरहेको वाटीका (पार्क)को काम,
४. वडा नं. १ को जडिबुटी कटेश्वरको जामलाई न्यूनिकरण गर्ने उदेश्यले आखाँ हस्पिटल अगाडी निर्माण भैरहेको बेलिवृजको काम,

५. वडा नं. २,को टि आई टि आई देखि वडा कार्यालय जाने (जनता मार्गको) ६ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
६. वडा नं. २ मा निर्माणाधिन सानोठिमी सामुदायिक प्रहरी भवनको काम,
७. वडा नं. २ को शिक्षा विभागबाट दिव्यश्वरी प्लानिङ्ग जोड्ने बाटो विस्तार र ढलानको काम,
८. वडा नं. २ मा निर्माणाधिन चेतनशिल बुहुउदेश्य सामुदायिक भवनको काम,

९. वडा नं. ३ तेर्स्रेटारको निर्माणाधिन सिद्धेश्वर सामुदायिक भवनको काम,
१०. वडा नं. ३ को डाफेमार्गमा कालोपत्र गर्न तयार परेको काम,
११. वडा नं. ३ को निर्माणाधिन गठ्ठाघरको सामुदायिक प्रहरी भवनको काम,
१२. वडा नं. ३ मा इन्द्राणी मन्दिरको प्रतिजग्गा संरक्षणको काम,

१३. वडा नं. ४ को कोरियन हस्पिटलबाट हवाई मार्ग जाने बाटो ८ मिटर विस्तार र स्तरोन्नतिको काम,
१४. वडा नं. ४ र ५ सिमानाको सिध्दिकालि चोकबाट नासननी जाने बटो विस्तार स्तरोन्नतिको काम,
१५. वडा नं. ७ धुन्छेपाखा बिगमाट सडक ६ मिटर विस्तार र स्तरोन्नति सडकको काम,
१६. पुरानो बाटो पेप्सिकोला सल्लाघारिको बाटो विस्तार र स्तरोन्नतिको काम लगायतका रहेका छन् ।


























प्रतिक्रिया दिनुहोस्