एजेन्सी, १८ असार । लिविया हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण हुदा मृत्यु हुने अधिकांश अफ्रिकन आप्रवासी रहेका छन् । उक्त हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्