समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



दाङ, १८ असार । दाङमा चट्याङले लागेर को एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ तुल्सीपुरमा उपमहानगरपालिका वडा नं. १५ पहेँलपुरका १८ बर्षीया सुमन चौधरीको घर बाहिर निस्केको अबस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार गम्भीर घाईते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको हो ।