राजनीति

समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुको माग



काठमाडौँ, १८ असार । राष्ट्रिय सभाको बैठकमा आज समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुले माग गरेका छन ।

बैठकमा आज विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ ।

बैठकमा सांसद कालीबहादुर मल्लले समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न आवश्यक कानूनको तर्जुमा गर्नुपर्ने र सांसद रमेशजङ्ग रायमाझीले तराई मधेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्त्रीले आफ्नै क्षेत्रमा छुटाइएको, सुन, निर्मला पन्त हत्या, वाइडवडी जस्ता काण्डका दोषीलाई के गरियोरु भनी प्रश्न गरेका थिए ।

त्यस्तै सांसद राधेश्याम अधिकारीले संविधानले परिकल्पना गरेको आधारभूत शिक्षा दिन सकिन्छ वा सकिदैन साथै विद्यालयलाई बलियो बनाउन उपयुक्त कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।