काठमाडौँ, १८ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताउनुभएको छ ।
बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा बोल्दै उहाँले विगतको अनुभव भन्दै पण्डितले भन्नुभयो, ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो ।’
बैठकमा सांसदहरुले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताइएको छ । सबैले सोर्स फोर्स लगाउने सत्तापक्षले पनि लगायने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउने कमजोरी रहेका र त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।
बैठकमा सांसदहरुले कर्मचारी सरुवाका लागि सत्तापक्ष, प्रतिपक्ष, पूर्व माननीय सबैबाट हुँदै आएको उल्लेख गर्दै उनले त्यसलाई रोक्न कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्