काठमाडौँ, १९ असार । भारतमा एक युवतीले तीन वर्षदेखि हराएको श्रीमानलाई टिकटकमा भेटेकी छन् ।
सन् २०१६ मा बेपत्ता भएका जयसुधा नाम गरेको महिलाको श्रीमानको खोजी गर्ने प्रहरी रिपोर्ट देखि मिडियाहरुमा पनि पतिको खोजी गरिदिन विज्ञापन गरेकी थिइन ।
प्रहरीले श्रीमानको खोजी नगरेपछि उनले श्रीमान् आउने आश मारिसकेकी थिइन् । तर एकदिन उनकै आफन्तले जयसुधालाई टिकटकको भिडियो देखाइन् र भिडियोमा उनकै पति सुरेश थिए । जयसुधाले त्यो टिकटक प्रहरीलाई देखाइन् र आफ्ना श्रीमान्लाई खोजिदिन आग्रह गरेपछि प्रहरीले सुरेशलाई समात्यो ।
प्रहरीको अनुसन्धानमा सुरेश टिकटक भिडियोमा काम गर्ने एक तेश्रोलिङ्गीसँग प्रेममा र तेश्रोलिङ्गीको लागि काम गर्ने एक एनजीओमको मद्धतमा प्रहरीले सुरेशलाई पक्रन सफल भएको हो । दुई बच्चाका पिता सुरेशलाई अहिले श्रीमतीसँग घर पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्