समाचार

९ महिनाकी शिशु बलात्कृत



सिरहा, १९ असार । सिरहामा ९ महिने एक शिशु बलात्कृत भएकी छिन ।

लहान नगरपालिका–२४ मा स्थानीय छिमेकी १४ वर्षे बालक ले घरमा कोहि नभएको मौका छोपेर शिशुलाई बलात्कार गरेको स्थानीयलाई उद्त गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएका हुन् । खाजा पुर्याएर घर फर्किँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।