काठमाडौँ, २० असार । सरकारले १० वर्षपछि भिसा शुल्क बढाएको छ ।
साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी करिव १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्याएको छ । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्याएको छ । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्याएको छ।
त्यस्तै शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ । शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्याएको छ । साथै आवासीय भिसा नवीकरण गर्दा बहुप्रवेशी सुविधासहितको भिसा शुल्कसमेत बढेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्