नवलपरासी, २१ असार । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्ष जनताले देख्ने र महसुस गर्न सक्ने प्रकारका कामहरु हुने बताउँदै सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएका सम्पूर्ण काम पाँच वर्षभित्रै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अगुवा कार्यकर्तासँगको भेटघाटमा मन्त्री पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभयो । उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गर्नुभयो ।
पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाउनुभयो । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।” उपप्रधानमन्त्री पोखरेलले आगामी एक महीनाभित्रमा संगठनात्मक सुधारका धेरै काम हुने बताउँदै उहाँले भन्नुभयो, “कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुनेछ ।”










प्रतिक्रिया दिनुहोस्