राजनीति

१२ ठाउँमा सुरुङमार्ग



काठमाडौँ, २१ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको  छ ।

नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्काेट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जभज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

बुटवल–पाल्पा खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।