भक्तपुर, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विकास प्रतिको तिव्र लगाव राख्दै उहाँलाई विकास निर्माणको काममा न त दिन नै भन्नु हुन्छ न त रात नै । उहाँको लागि दिन र रात उत्तीकै जस्तै भएको देखिन्छ । उहाँले करिव १८ घण्टा विकास निर्माणकै काममा स्थलमा खटिरहनुभएको हुन्छ । जसको परिणाम हो, भक्तपुर विकासमा देशकै उदाहरणीय रुपमा अघि बढेको जिल्ला ।
विहान उठ्ने समयमा दिनभरिको योजना बनाउँदै दिनको शुरुवातर तथा सुत्ने समयमा दिनभरको कामको समिक्षा गर्दै विकासका काममा जनताको सामु उपस्थित हुने गर्नुभएका सांसद बस्नेतले आफ्नो जिल्लामा भइरहेका विकास निर्माणका कामहरुलाई दिगो र प्रभावकारी बनाउन आफै स्थलगत रुपमा निरिक्षण तथा प्राविधिक टोली सहित मुल्याङ्कन गर्दै गल्ती, कमिकमजोरी तथा त्रुटीलाई सुधार्न निर्देशन दिनुहुन्छ ।
उहाँको नेतृत्वमा जनप्रतिनिधि तथा स्थानीयवासीको समेत उल्लासमय सहभागिता रहेको पाइन्छ । सांसद बस्नेतको नेतृत्वमा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, वडा अध्यक्ष शिवराम राउत, वडा सदस्यहरु र स्थानीय सहितको टोलिद्वारा सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल भित्र, क्षेत्र विकास कोष (सांसद कोष), संघ, प्रदेश र नगरपालिकाको बजेटबाट काम भैरहेका निम्न स्थानका आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुको भएको छ ।
१. भेतासीबाट पारी टोल जानि ६ मिटर सडक विस्तार र स्तरोन्नतिको काम,
२. निर्माणाधिन राधाकृष्ण सामुदायिक भवनको काम,
३. सल्लाघारि–भंगाल हुँदै सागाँ जाने ८ मिटर बाटो विस्तार, स्तरोन्नति र कालोपत्र गर्ने काम,
४. अरनिको राजमार्गबाट भकारी मुल जाने ६ मिटर बाटो विस्तर र स्तरोन्नतिको काम,
५. मिलन चोकबाट देउजा गाउँ हुँदै ताथली जाने ८ मिटर बटो कालोपत्र गर्ने काम,
६. निर्माणाधिन श्री बाल शिक्षा आधारभुत बिधालयको काम,
७. संगम मार्गबाट देउजा गाउँ जाने ६ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
८. देउजा गाउँ सबडोल जाने ६ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
९. नालाछाप सल्लाघारि सडक कालोपत्रे गर्ने काम,
१०. रेशम खेति बाट संगम मार्गजाने ८ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
११. नेपाल प्रहरी स्कुलबाट रेशम खेतीसम्म जाने ६ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
१२. काठगोदामबाट देवीथान जाने ६ मिटर बाटो विस्तार र स्तरोन्नतिको काम,
१३. निर्माणाधिन सिमखोला लिफ्ट खानेपानी आयोजनाको काम,
१४. दिपेन्द्र प्रहरी स्कुलबाट भंगाल हुदै खड्का गाउँ जाने बाटो विस्तार र स्तरोन्नतीको काम लगायतका क्षेत्रमा स्थलगत निरिक्षण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्