काठमाडौँ, २२ असार । नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टी माओवादी९नेकपा०ले आज नेपाल बन्दको घोषणा आह्वान गरेको कुरा हल्ला मात्रै भएको जनाएको छ ।
प्रहरीले विभिन्न सञ्चार माध्यममा आएका नेपाल बन्दको समाचार आए पनि ति हल्ला मात्र भएको बताएको छ । भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै नेकपाले नेपाल बन्दको घोषणा गरेको एक विज्ञप्ती समेत आएको थियो । नेपाल प्रहरीका अनुसार त्यो विज्ञप्ती नक्कली हुनसक्ने देखिएको छ । प्रहरीले बन्दको आधिकारीक जानकारी छैन्, त्यो हल्ला मात्रै हो भनेर पुष्टि गरेको छ ।
हल्ला मात्र भनिएको विज्ञप्ती










प्रतिक्रिया दिनुहोस्