समाचार

मैलुङ–स्याफ्रु सडक बन्द



रसुवा, २२ असार । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खण्ड बन्द भएको छ ।

शुक्रबार परेको पानीका कारण सडक खण्डको त्रिशूली खोलाको हिमपाइप बगाएको छ । वर्षाको समयमा दुर्घटनाको जोखिम उच्च भएका कारण यो सडक बन्द गरिएको हो ।

वर्षाको समयमा पहिरो जाने भएकाले दशैँ अगाडिसम्म सवारी सञ्चालन गर्न नसकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । हिमपाइप बगाएपछि सवारी सञ्चालन रोकिएका छन् ।