झापा, २२ असार । झापामा बसले मोटरसाइकललाइृ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार मेचीनगर नगरपालिका-६ पालिया पुल नजिकै ना ४ ख ५५५७ नम्बरको बसले मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पाँचथर घर भएका ४५ वर्षीय राम कुमार भट्टराईको मृत्यु भएको हो भने मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ का ३९ वर्षीय सन्तोष सुब्बा घाइते भएको हो ।
घाइते सुब्बाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फरार रहेका बस सहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्