काठमाडौँ, २२ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय एजेण्डमा मिलेर गएमात्रै मुलुकलाई समृद्ध नेपाल बनाउन सकिने बताएका छन ।
आइतबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आव २०७६र७७ को बजेटले सबैलाई समन व्यवहार गरेको बताएका हुन ।
मन्त्री खतिवडाले भने, ‘बजेट समाजवाद उन्मुख भएको भन्दै कसैलाई समाजवाद प्रति विश्वास छैन भने छलफल गरौं हैन भने बजेटले कसैलाई विभेद गरेको छैन । एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि राष्ट्रिय एजेण्डमा मिलेर जाने हो, तब मात्र मुलुकलाई समृद्ध नेपाल बनाउन सकिन्छ ।’
‘भूगोल र जनसङ्ख्याको मापदण्डका आधारबाट सन्तुलित रुपमा बजेट विनियोजन भएको छ ।, ‘प्रदेशगत र स्थानीय तहगत रुपमा पनि मानव विकास सूचकाङ्कका आधारमा पनि बजेट जाने भएकाले शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर विनियोजन भएको छ ।’










प्रतिक्रिया दिनुहोस्