चितवन, २३ असार । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत अनास्थामा फेला परेको छ ।
‘स्वीप अप्रेशन’का क्रममा निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा अन्दाजी ३ वर्षको भाले गैँडा मृत भेटिएको हो ।
परीक्षणका क्रममा भाले गैँडाको आक्रमणबाट उक्त गैँडा मरेको पाइएको छ । निकुञ्जका अनुसार भालेको आक्रमणपछि मरेको गैँडालाई नदीले बगाएर तमासपुर क्षेत्र पुर्याएको थियो ।










प्रतिक्रिया दिनुहोस्