राजनीति

प्रधानसेनापति थापा अमेरिका प्रस्थान



काठमाडौँ, २३ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघले आयोजना गर्नलागेको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति थापा भ्रमणको दौरानमा ब्रिटिस आर्मड पोलिस फोर्सेस्ले जुलाई १० मा आयोजना गर्ने फस्र्ट वमन, पिस एण्ड सेक्युरिटी नेटवर्क मिटिङ र त्यसको भोलिपल्ट हुने चिफ् अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुनेछन् ।

प्रधानसेनापति थापा साउन १ गते स्वदेश फर्कने छन् ।