समाचार

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या : एक युवकलाई जन्मकैद



दैलेख, २४ असार । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई जन्मकैदको फैसला गरेको हो । उनले वि।सं २०७५ पुस २ गते आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए ।