समाचार

बसको ठक्करबाट एक महिलाको मृत्यु



कैलाली, २४ असर । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सोमबार गौरीगंगा नगरपालिका ४ राजिपुर चोकमा बा ५ ख ४०३१ नम्वरको माइक्रोबसले ठक्कर दीदा सोही ठाउँ बस्ने ५० बर्षकी गौरी नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रोबसका चालक राजु गिरी प्रहरीको नियन्त्रणमा रहेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।