काठमाडौं, २४ असार । नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे (हाल स्वर्गीय) ले आफ्नो जीवनकालमा नेपालको वनस्पति क्षेत्रमा गरेको योगदानको कदरको स्मरण गरिएको छ ।
उहाँको स्मृतिमा आयोजित शतवार्षिकी कार्यक्रममा स्वर्गीय पाण्डेको योगदानको स्मरण गर्दै यो वर्षभरि वनस्पतिशास्त्र सम्बन्धि विविध कार्यक्रम गर्दै वनस्पति क्षेत्रको समष्टिगत विकासका लागि पहल गर्ने घोषणा पनि गरियो । २०७३ सालमा स्थापना गरिएको नेपालका प्रथम बोटनिष्ट प्रयाग राज फाउण्डेशनले सो घोषणा गरेको हो । नयां पुस्तामाझ वनस्पति विज्ञ पाण्डेका योगदानलाई परिचित गराउन तथा परम्पराको जगेर्नाका साथै नयां पुस्ताका सहभागिताका लागि शतवार्षिकी कार्यक्रम आयोजना गरिएको होे ।
स्वर्ण महोत्सव कार्यक्रमका संयोजक तथा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले स्व. पाण्डेले तत्कालीन समयमा तर्जुमा गरेको मूलमन्त्र “वनस्पति, उत्पादन र जनता” (तीन पी.अर्थात प्लाण्ट, पिपुल र प्रोडक्शन) वर्तमान समयमा पनि व्यवहारमा लागू रहेको स्मरण गर्नुभयो ।स्विटजरल्याण्डका लागि नेपालका पूर्व राजदूत डा.शम्भुराम सिम्खडाले स्व.पाण्डेले धर्म, परिवारप्रति प्रेम र पेशाप्रति इमान्दारिता राख्नुभएकै कारण उहाँको योगदानप्रति आजका पुस्ता नतमस्तक छन् भन्नुभयो ।
केन्द्रीय वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रमोद कुमार झाले स्व. पाण्डेले नेपाल सरकारको वनस्पति विभाग खोल्नुुको साथै वनस्पति क्षेत्रको विकासमा उर्जा थप्ने काम गरेको उल्लेख गर्दै त्रिविविले वनस्पतिशास्त्रको पाठ्यक्रममा स्व. पाण्डेवारे पढाई हुने गरेको जानकारी गराउनुभयो ।
नेपाल सरकारका पूर्व सचिव भरत बहादुर थापाले नेपालको वनस्पति क्षेत्रमा धेरै सृजना भए पनि ती हराउन थालेकोमा वनस्पतिविद्हरुको ध्यानाकर्षण गराउनुभयो । विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसीले कुनै पनि संस्थाले सिर्जनात्मक गतिविधि र अनुसन्धानात्मक कार्यहरु अघि बढाउन सक्यो भने त्यसबाट समष्टिगत रुपमा देशको विकासमा बल पुग्ने बताउनुभयो ।
वनस्पति विभागका पूर्व महानिर्देशक डा.समरबहादुर मल्लले नेपालका पहिलो वनस्पतिविद् डा. प्रयागराज पाण्डेले शून्यबाट सुरुवात गर्नुभएको वनस्पति क्षेत्रको विकासका चरणहरुमाथिका आफ्ना अनुभव बाँडनुभयो । बंगलादेशका लागि नेपालका पूर्व राजदूत एवं त्रिविविका पूर्व प्राध्यापक डा.मोहन प्रसाद लोहनीले फाउण्डेशनलाई नेपाल सरकारका तर्फबाट बजेट उपलव्ध हुन सके विभिन्न सिर्जनशील कार्यहरु अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिल बाबु श्रेष्ठले शतवार्षिकी कार्यक्रमको अवसरमा पाण्डेको शतवार्षिकी स्मारिका लोकार्पण गर्दै देशको आर्थिक विकासका लागि वनस्पति अनुसन्धान तथा उपयोग हुनुपर्नेमा जोड दिनुभयो । स्व. पाण्डेले वनस्पति क्षेत्रको विकासमा गर्नुभएको योगदान, स्रोत, विचार र सद्भाव प्रेरणाको स्रोतको रुपमा रहिरहने उल्लेख गर्दै उपकुलपति श्रेष्ठले भन्नुभयो, यस फाउण्डेशनका क्रियाकलाप राम्ररी अघि बढाइयोस्, यससंग सहकार्य गर्न हामी तयार छौं । देशमा समृद्धिको कुरा आएको छ, यसलाई वनस्पति क्षेत्रसंग जोडिएर सहकार्य गर्न तयार छौं । नयां पुस्तालाई विज्ञान, प्रविधि र वनस्पतिसंग आवद्ध गरी विभिन्न सिर्जनशील कार्यहरु अघि बढाउन सकिने संभावनालाई नकार्न सकिदैंन ।
संस्थाका सहअध्यक्ष अर्थविद् विमलराज पाण्डेले नेपालको कुल ग्राहस्थ उत्पादनको १४ प्रतिशत योगदान वनस्पति क्षेत्रको रहेको वताउंदै यो क्षेत्रको प्रवद्र्धन हुनुपर्ने वताए । नेपालमा ६ हजार पूmल फुल्ने वनस्पति छन् भने फुल नफुल्ने १० हजार प्रजातिका वनस्पति छन् । त्यस्तै ७०० भन्दा धेरै प्रजातिका जडिवुटी उपलव्ध छन् ।










प्रतिक्रिया दिनुहोस्