समाचार

एसीसी यु-१९ इन्टर्न क्रिकेटको उपाधि नेपाललाई



काठमाडौँ, २४ असार । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित हासिल गरेको  छ ।

मंगलबार मलेसियामा किनरारा ओभलमा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचाल्दै यु-१९ एसिया कपमा छनोट भएको हो ।

९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।