समाचार

छोराद्वारा आमाको हत्या



पर्सा, २५ असार । वीरगञ्ज महानगरपालिका-२४, रामगढवको नयाँबस्तीमा एक युवकले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन् । नयाँबस्तीकी ४० वर्षीया शोभादेवी यादवको २० वर्षीय छोरा गुड्डु यादवले घाँस काट्ने हतियारको प्रयोग गरी हत्या गरेका हुन ।

प्रहरीका अनुसार आमाले घरमा रहेको भैंसी बेचेको पैसा छोराले मागेको र आमाले नदिएको विषयमा विवाद हुँदा मंगलबार दिउँसो लखेटेर छोराले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । गुड्डुलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।