काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतले पठाएको पत्र लुकाइएको प्रकरण बारे छानविन भइरहेको बताउँदै लुकाउनेलाई कानुनी कारवाही हुने बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनुभयो । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उहाँले यसबारे खोजबिन भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्