काठमाडौँ, २६ असार । विप्लव समूहका एक नेता पक्राउ परेका छन् ।
सुर्खेतबाट विप्लव नेतृत्वको नेकपाका युवा संगठन भेरी कर्णाली ब्युरो सदस्य तथा युथ फोर्स सुर्खेतका इञ्चार्ज शिखर परियार पहाडी हिमशिखरलाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतको चौकुने गाउँपालिका–९ घर भएका पहाडीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्