काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम फिजाउने काम, भ्रममा रमाउनेहरू रमाइरहेका तथा किनारामा बसेर हेर्नेहरू हेरिरहेका बताउँदै सरकार विकास र समृद्धिमा तिव्र गतिका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बुधबार त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको तस्वीरको विषयमा सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसलाई मिसन पत्रकारिताको भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो । भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ ।’










प्रतिक्रिया दिनुहोस्