राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रालयगत जानकारी माग



काठमाडौँ, २७ असार । सरकारको कार्यशैलीमा आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जानकारी लिनुभएको छ ।

सिंहदरबारमा बोलाइएको मन्त्रीहरुसहितको बैठकमा मन्त्रालयगत जानकारी लिनुभएको हो । बैठकमा आर्थिक वर्ष २०७५–७६ मा मन्त्रालयले गरेका काम लगायतका विषयमा पनि छलफल भएको छ । बैठकले आगामी वर्षका लागि रणनीति समेत तय गर्ने भएको छ ।

शान्ति सुरक्षा कायम गर्न नसकेको, विधेयकहरु विवादास्पद बनाएको, मन्त्रालयका विभिन्न निर्णयहरु फिर्ता हुने गरेको भन्दै सरकारको आलोचना बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम हेरेर मन्त्रिमण्डल पुनर्गठनको तयारी समेत गरेको बताइएको छ ।