काठमाडौँ, २७ असार । कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् ।
शुक्रबार प्रयोगशालामा पुगेका मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ र अन्यत्र दुई समूहका विषादी परीक्षण हुने बताउदै उनले भने, अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुन्छ, जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोट दिन मन्त्रीले निर्देशन दिएका छन् ।
नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्