काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले उद्धार तथा राहतमा कुनै कमि हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।
शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले आजसम्म बाढी पहिरोबाट ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जानकारी दिनुभएको छ । बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उहाँले ट्विटरमा लेख्नुभएको छ ।
सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बाढीबाट ४०० परिवार प्रभावित भएका पनि जानकारी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्