इटहरी, २८ असार । सप्तकोशी नदीमा पानीको बहाव आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेसँगै ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् ।
उता एकाबिहानै सर्तकता लेवल पार गरेको चतरा स्थित बाढी मापन केन्द्रमा कोशीको जल स्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ । चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेवललाई जनाउँछ । उक्त तह कोशीको वहावले आज विहानै पार गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्