राजनीति

मलेशियामा दुई नेपालीको मृत्यु



काठमाडौँ, २९ असार । मलेशियामा दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ ।

शुक्रबार कोठाबाट काम गर्ने कम्पनी तर्फ मोटरसाईलमा जाँदै गर्दा कन्चनपुरका शुक्लाफाटा नगरपालिका २ ढकनियाका ३६ बर्षका सुरेन्द्रप्रसाद भट्ट र नुवाकोट शिव दाहालको मृत्यु भएको हो ।

दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।