काठमाडौँ, ३० असार । अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
आइतबार राति पर्सा वीरगंज महानगरपालिका-१६ भानुचोकबाट चितवन खैरनी नगरपालिका-७ का ४० वर्षीय मिश्रीलाल साहलाई लागूऔषध फेनारगन १ सय ५० एम्पुल, नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र मोबाईल २ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी आइतबार राति वर्दिया बाँसगढी नगरपालिका-३ भगरा चोकस्थित बढैयाताल गाउँपालिका-४ दक्षिण भकारी का ३३ वर्षीय असगर अली तेलीलाई अवैध लागूऔषध ब्राउनसुगर ३.५ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै आइतबार साँझ झापा मेचीनगर नगरपालिका-६ हिकोलामोडमा भारत दार्जिलिङ का ४८ वर्षीय मोहमद सदुरुल खानलाई अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बि ७४ एसि ४१९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक खानलाई उक्त लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्