भोजपुर, ३० असार । भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले बताएको छ । इन्जिनियर यादव कार्यालय नजिको फुपु भदैनी खाजा घर एण्ड लजमा घुससहित पक्राउ परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्