काठमाडौँ, ३१ असार । काठमाडौँ लगायत देशका अधिंकास स्थानमा केही भारी एवं मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाकै कारण देशका विभिन्न ठाँउमा बाढी, पहिरो एवं डुबानको समस्या देखिएको छ । मनसु्न न्यून चापिय रेखा नेपालको तराई भू-भागमा भन्दा केहि तल रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय भएको अअवस्थामा रहेको महाशाखाले जनाएको छ । जसका कारण हुन सक्ने जोखिमबाट सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ ।
आज देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । त्यस्तै आज राति देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्