राजनीति

विप्लव समूहका चार कार्यकर्ता अदालतबाट रिहा भएलगत्तै पुनः नियन्त्रणमा



तनहुँ, ३१ असार । तनहुँ जिल्ला अदालतबाट सामान्य रिहा भएलगत्तै तनहुँ प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका चार कार्यकर्तालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

राजद्रोह मुद्दाको सुनुवाईका लागि तनहुँ जिल्ला अदालत लगिएकामा अदालतले कास्कीका सन्तोष परियार (परिवर्तन), रोल्पाका जंगबहादुर भण्डारी (आक्रोश), भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङलाई साधारण तारेखमा रिहाको आदेश दिएको थियो ।

चारै जना कार्यकर्ता अदालतबाट बाहिर निस्कनासाथ चारै जनालाई प्रहरीले पक्रिएको छ । उनीहरुविरुद्ध स्याङजा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।