समाचार

धम्की दिँदै रकम असुल्ने एक जना पक्राउ



काठमाडौँ, ३१ असार । काठमाडौँबाट व्यापारीलाई धम्की दिँदै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान कोटेश्वरको शुभकामना मार्गबाट काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय ६/७ जनाको समूहमा आएर एक जना व्यापारीलाई धम्की दिएको उजुरी कोटेश्वर प्रहरीमा परेको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।