समाचार

खोलाले बगाउँदा छोरा वेपत्ता, आमाको उद्धार



उदयपुर, ३१ असार । उदयपुरमा बाढीले बगाएर छोरा वेपत्ता भएको छ भने आमाको उद्धार गरिएको छ ।

गएराति करिब साढे १० बजेतिर रौतामाई गाउँपालिकाको वडानम्बर ७ मा आमा-छोरा घर बाहिर निस्किएको बेलामा मुर्कुटे खोलामा एक्कासी आएको बाढीले दुवैजनालाई बगाएको थियो । आमा सुनितालाई उद्धार गरिए पनि छोरालाई भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।

सुनिता गम्भीर घाइते भएकाले उनलाई उपचार गर्न विराटनगर पठाइएको छ । उनको छोरा आर्यनको खोजीकार्य जारी राखिएको छ ।