काभ्रेपलाञ्चोक, १ साउन । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीको कुटाईबाट सासुको मृत्यु भएको छ ।
राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
कुटाइबाट गम्भीर घाइते भएकी माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्