राजनीति

गायक खरेल सदभावना दूत नियुक्त



काठमाडौँ, २ साउन । चर्चित गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त गरेको छ ।

सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सदभावना दूत नियुक्त गरेको हो ।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।