काठमाडौँ, ३ साउन । बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाहीको लागी सिफारिस गरेको छ ।
तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको हो । बिलबिजकबिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारबाही सिफारिस गरेको हो । बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।










प्रतिक्रिया दिनुहोस्