राजनीति

विप्लव समूहका उपत्यका ब्युरो इन्चार्ज लामासहित दुई नेता पक्राउ



काठमाडौँ, ५ साउन । नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामा काठमाडौँका काँडाघारीबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका अुनसार लामालाई गएराति १२ बजे हिरासतमा लिइएको थियो । प्रहरीले लामासँगै अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।

लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।