काठमाडौँ, ६ साउन । नेकपाले १० जिल्लामा महिलालाई इन्चार्जको जिम्मेवारी दिएको छ । यो १२.४ प्रतिशत हो ।
तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, भरतपुर महागरपालिकामा रेणु दाहाल, ललितपुर महागनरपालिकामा सुशीला नेपाल, स्याङ्जामा पद्मा अर्याल, बागलुङमा बलवती शर्मा, मुस्ताङमा श्रीमाया थकाली, कैलालीमा रुपा चौधरीलाई जिम्मेवारी दिइएको हो । यसमध्ये राई, भुसाल, नेपाल, अर्याल र थकाली पूर्वएमाले र सुवेदी, खड्का, दाहाल, शर्मा र चौधरी पूर्वमाओवादीका हुन् ।
केही जिल्लामा सहइन्चार्ज १० जनासम्म तोकिएका छन् । केही जिल्लामा भने अझै तोकिएको छैन। सिरहामा १०, काठमाडौं, दाङ र धनुषामा ९/९ जना नेताले जिल्ला सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
सिरहामा पूर्वमन्त्री अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोखरेल, हरिनारयण चौधरीले जिम्मेवारी पाएका हुन् । काठमाडौंमा अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाँल र सुरेन्द्र मानन्धर जिल्ला सहइन्चार्ज तोकिएका छन् ।
धनुषामा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमायाकुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतो तथा दाङमा इन्द्रजित थारू, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोखरेल र शान्ता चौधरी सहइन्चार्ज छन् ।
इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, मनाङ, पर्वत, म्यादी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, प्युठान र ६ वटै महानगरपलिकामा सहइन्चार्ज तोकिएको छैन ।
सचिवालय बैठक पुनः मंगलबार बस्ने भएको छ । केन्द्रीय विभाग, आयोगमा जिम्मेवारीको निर्णय लिन पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।










प्रतिक्रिया दिनुहोस्