विश्व

पाकिस्तानी प्रधानमन्त्री खान अमेरिका भ्रमणमा



एजेन्सी, ७ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा रहेका छन् ।

अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि रहेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुनेछ ।

अखबार एक्सप्रेसका अनुसार ‘इमरान खानको अमेरिकी यात्रा धेरै महिनादेखिको कूटनीतिक पहलको परिणाम हो । यसमा सबैभन्दा अहम् भूमिका साउदी अबरका राजकुमार एवम् साउदी राजगद्दीका हकदान मोहम्मद बिन सलमान ९एमबीएस०ले निर्वाह गरे ।

मोहम्मद बिन सलमानले ट्रम्पका ज्वाइँमार्फत इमरान खानलाई भ्रमणको निम्तो पठाएका थिए । मोहम्मद बिन सलमान र इमरान खान निकटका साथी हुन् । अमेरिका भ्रमणबारे उनीहरुबीच छोटो समयमा धेरै कुराकानी भएको थियो ।