पोखरा, ७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पालालले हिँडेको मार्गदिशाबाट नै नेपालमा विकासको लहर आउने बताउनुभएको छ ।
४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादको लक्ष्य पूरा हुन सक्ने बताउनुभएको छ । उहाँले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादको लक्ष्य पूरा हुन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो तात्कालीन लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादनको विकास कसरी गर्ने भन्ने नै हो, यी दुई काम गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले समाजवाद उन्मुख जनताको जनवादका लागि राष्ट्रिय पुँजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधीन राष्ट्रको रुपमा स्थापित गर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्