नेपाली कामदार ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ। स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो ।
कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ। गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ। यसका लागि नोभेम्बर २० मा परीक्षा तय भएको छ ।
‘कोरियालाई पढे/लेखेका होइन, मसल भएका सीपयुक्त जनशक्ति चाहिएको हो,’ वैदेशिक रोजगार विभाग, कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘पढेलेखेकाहरू भाषा परीक्षामा पास भएपछि रोजगारदाता परिवर्तन गर्ने र डिप्रेसनमा पर्ने समस्या भयो ।’ याे समाचारक आजकाे कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्