एजेन्सी, ८ साउन । भारतको दक्षिणी राज्य कर्नाटकमा कांग्रेस–जनता दल सेक्युलर (जेडीएस) गठबन्धनको सरकार ढलेको छ ।
कर्नाटक विधानसभामा विश्वासको मत लिन नसकेपछि एचडी कुमारास्वामी नेतृत्वको सरकार ढलेको हो । जेडीएस–कांग्रेस गठबन्धनले संसदमा आफ्नो बहुमत सिद्ध गर्न नसकेपछि बीजेपीलाई सरकार बनाउने बाटो खुलेको छ ।
संसदमा भएको मतदानमा जेडीएस–कांग्रेस गठबन्धनले मात्र ९९ मत प्राप्त ग¥यो विपक्षमा १ सय ५ मत रह्यो । बीएस येदुयरप्पाको नेतृत्वमा बीजेपीले कर्नाटकमा सरकार बनाउने तयारी गरिसकेको छ । १९ सांसदले विश्वासमा मत प्रक्रियामा सहभागी भएनन् । कांग्रेस र जेडीएसले १६ जना बागी सांसदलाई मनाउन नसकेपछि संसदको विश्वासको मत जित्न सकेन । उनीहरु भाजपामा प्रवेश गर्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्